दफा १६
राजगुठीको बन्दोबस्त र सञ्चालन
(१) संस्थानको अमानती, राजगुठी, मठ, मन्दिरको बन्दोबस्त र सञ्चालनको लागि आवश्यकतानुसार महन्त, पुजारी, व्यवस्थापक र अरू कामदार, कर्मचारीको नियुक्ति गरी दानपत्र लिखत भए सो र परम्परा बमोजिमको पर्व पूजा इत्यादि गर्नु पर्ने काम अमानतबाटै गराउनेछ र त्यस्तो अमानती गुठी, मठ, मन्दिरको आयस्ता गुठी कोष र गुठी जिन्सी मौज्दातमा जम्मा गरी खर्च गुठी कोष र
गुठी जिन्सी मौज्दातबाट नै व्यहोरिनेछ ।
(२) राजगुठीमा परिणत भएका छुटगुठी र निजीगुठीका हकमा संस्थानले त्यस्ता गुठीका दानपत्र, लिखत र परम्परा बमोजिम पर्व, पूजा इत्यादि गर्नु पर्ने काम नरोकिने र धर्म लोप नहुने गरी भइरहेको कामदार, कर्मचारी र खर्चको दरबन्दीमा बढी वा अनावश्यक कटाई नयाँ दरबन्दी कायम गरी उपदफा (१) बमोजिम अमानतबाट गुठीको कार्य सञ्चालन नगराई संस्थानले आफ्नै रेखदेख, नियन्त्रण र निर्देशनमा बढीमा पाँच वर्ष
सम्मको अवधि तोकी त्यस्तो गुठीको बन्दोबस्त र सञ्चालन साविकमा चलाई आएको दर्ता गुठियार, महन्त, पूजारी वा अरू कसैलाई सुम्पन सक्नेछ ।
तर, त्यसरी सुम्पिएकोमा दरबन्दी बमोजिम खर्च कटाई बाँकी बचेको आयस्ता संस्थानमा बुझाउनु पर्नेछ ।